देश

भोजपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ

जगत ठाडा मगर
२०७८ माघ १४ | बिहान ०८:१० बजे

भोजपुर । दुईवटा मालबाहक ट्रकमा खैरो हेरोइन (ब्राउन सुगर) भेटिएपछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।

भोजपुर सदरमुकाम नजिकैको दुम्सिकास्थित को. १ ख ६२३२ र ना. ६ ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लाँदै गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी इन्सपेक्टर अर्जुनकुमार अधिकारीले जानकारी दिए।

ट्रक चालक धनकुटा नगरपालिका घर भइ मोरङ केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र संखुवासभा धर्मदेवी नगरपालिका–५ बस्ने ३७ वर्षीय दलबहादुर मगरलाई पक्राउ गरिएको छ।

भोजपुरबाट धरान जाँदै गरेका उनीहरूको साथबाट करिब २ ग्राम १ मिलिग्राम ब्राउन सुगर र ८३ हजार ६ सय नगद बरामद गरिएको छ। दुईवटै ट्रक नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

कमेन्टहरु