खेलकुद

इरान लगातार तेस्रो पटक विश्वकप फुटबलमा छनोट

जगत ठाडा मगर
२०७८ माघ १४ | बिहान ०८:१० बजे

काठमाडौ । इरान लगातार तेस्रो पटक विश्वकप फुटबलमा छनोट भएको छ । इराकलाई १-० गोल अन्तरले पराजित गर्दै इरान लगातार तेस्रो पटक विश्वकप फुटबलमा छनोट हुन सफल भएको हो ।

आजदी स्टेडियममा बिहीबार राति भएको खेलमा इरानलाई जिताउन खेलको ४८ औँ मिनेटमा मेहदी तारेमीले निर्णायक गोल गरेका थिए । जितसँगै इरान एसियाली छनोटको समूह ‘ए’ को शीर्ष स्थानमा रह्यो । योसँगै इरान कतारमा यसै वर्ष हुने विश्वकप फुटबलका लागि छनोट हुने पहिलो एसियाली राष्ट्र बनेको छ ।

इरान यसअघि ब्राजिल र रुसमा भएको विश्वकप फुटबलमा सहभागिता जनाएको थियो । लगातार तेस्रो पटक विश्वकपमा पुगे पनि सम्रगमा इरान विश्वकपमा छनोट भएको यो छैटौँ पटक हो ।

कमेन्टहरु