कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

जगत ठाडा मगर
२०७८ माघ १४ | बिहान ०८:१० बजे

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्दैछ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी शुक्रबार दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्न लागेको जानकारी दिएका हुन् ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनको कार्यसूची रहेको मुख्यसचिव पौडेलले जानकारी दिएका छन्।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई सहभागिताका लागि निर्देशानुसार अनुरोध गरिएको छ। भर्चुअल बैठकको लिङ्क एसएमएसमार्फत प्राप्त गर्न सकिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।






















