हुन्डी कारोबारमा तिब्रता


रंजित चौरसिया
पर्सा, १३ माघ । बिगत केही महिनादेखी हुन्डी कारोबारमा संलग्न कारोबारीहरू आर्थिक नगरीमा सल्बलाउन थालेका छन । नेपालकै आर्थिक राजधानीको रूपमा रहेको बिरगंज क्षेत्रमा हुन्डी कारोबारमा संलग्न कारोबारीहरू सल्बलाउन थालेका हुन् ।
हुन्डी कारोबारलाई संरक्षण गर्ने गिरोह सक्रिय हुनसाथ हुन्डी कारोबार तिब्र रूपले अगाडी बढ्न थालिएको छ । आफ्नो पेशालाइ मर्यादित बनाउनुको सट्टा आफ्नो पेशालाइ बदनाम गर्दै ठूलो रकमको चलखेल भए पश्चात् हुन्डी कारोबारीहरू सक्रिय भएको श्रोतको दाबी छ । श्रोतका अनुसार नेपाल र भारत बिच रोटि बेटिको सम्बन्ध रहेपनी केही अपराधी मनस्थिति बोकेका बिपाशुहरूका कारण हुन्डी कारोबार तिब्र रूपले अगाडी बढेको हो ।
बिगत लामो समयदेखी हुन्डीमा संलग्न ब्यक्तिलाइ ढाकछोप गर्ने प्रयास समेत गरिएको थियो । तर प्रहरी कारवाहीले हुन्डी कारोबारमा संलग्न ब्यक्तिहरूको पहिचान हुन थालेपछी केही दिनको लागि मात्र कारोबार बन्द गरिएको थियो । तर ढाकछोप गर्ने निकायकै आदेश र इशारा पाए पश्चात् पुन: हुन्डी कारोबारीहरू सलबलाएको स्रोतले दाबी गरे ।
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले हुन्डी कारोबारमा संलग्न जोकोहिलाइ बाकी नराख्ने बताएका छन् । हुन्डीमा संलग्न केही ब्यक्तीलाई पक्राउ गरि कारवाही अगाडी बढाइएको र हुन्डी कारोबारलाई ढाकछोप गर्ने तथा बढावा दिनेहरूलाइ तह लगाएरै छोडने प्रहरी उपरीक्षक रमेश बस्नेतको भनाइ छ ।






















