देश

वागमती प्रदेश कांग्रेस सभापतिमा बानियाँ विजयी

जगत ठाडा मगर
२०७८ मंसिर २० | बिहान ०६:०८ बजे

काठमाडौँ । नेपाली कांग्रेस वागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी भएका छन् ।

आइतबार भएको दोस्रो चरण मतदानमा उनले विजयी हुन आवश्यक ५० प्रतिशतभन्दा धेरै मत प्राप्त गरेका छन् । देउवा पक्षीय बानियाँले पौडेल पक्षीय उम्मेदवार जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै प्रदेश सभापतिमा बाजी मारेका हुन् ।

अन्तिम मत परिणाम अनुसार बानियाँले १०८५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी केसीले ९२७ मत प्राप्त गरेका छन् । बाँनियाँ मकवानपुरका हुन् । उनी वागमती प्रदेशसभा कांग्रेस संसदीय दलका नेतासमेत हुन् ।

कमेन्टहरु