देश

भारतीय ट्रकले विद्युतको पोलमा ठक्कर दिदा दुर्घटना, चालक र सहचालक घाइते

जगत ठाडा मगर
२०७८ मंसिर १९ | मध्यान्ह ०९:०८ बजे

अनिल बानिया (बिनोद निगम)
नवलपरासी / मंसिर १९ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका – ३ गोइनीमा भारतीय ट्रकले विद्युतको पोलमा टक्कर दिदा दुर्घटना भएको छ ।

उप ५१ टी ९५०७ नंबरको इन्डियन गाडी पश्चिमदेखि पूर्वतर्फ जाँदै गरेको अवस्थामा सरावल गाउँपालिका – ३ गोइनीस्थित विद्युतको पोलमा टक्कर दिएको हो । विद्युतको पोलमा ठक्कर दिदा दुर्घटना हुदा चालक र खलासीको निधारमा चोट लागेको स्थानीयले बताएका छन ।

ट्रक चालक मादक पदार्थ सेवन गरि उक्त गाडी चलाएको स्थानीय बासीहरु बताएका छन । १२ चक्के पाङ्ग्रे ट्रकले धान लोड गरेर पश्चिमबाट हुलाकी बाटो हुँदै पुर्व तिर जाँदै गरेको थियो ।

कमेन्टहरु