पश्चिम नवलपरासीको सिमानाकामा प्रहरीको मिलेमतोमा तस्करहरुद्वारा ताण्डप मच्चाउदै


सुरेश यादव
नवलपरासी / मंसिर १९ । पश्चिम नवलपरासीको विभिन्न नाका हुदै तस्करी हुने गरेकाे छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे मिलाेमतमा तस्करहरुले ताण्डप मच्चाईरहेका छन । पटक पटक तस्करीको समाचार प्रसारण हुदा पनि नवलपरासीका प्रशासनलाई केही प्रवाह नै परेकाे छैन ।

पश्चिम नवलपरासीको सिमा नाका गेरमा, रगरगंज, पडरी, हरपुर, मुडेरा, बसहिया लागयतकाे नाकाबाट भारतबाट चिनि, हार्डवेयर, टायल, खसी, माछा र कुखुरा जस्ता अन्य सामानहरुको तस्करी तस्करहरुले सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग मिलिजुली तस्करी गर्दै आएकाे र प्रहरीहरुलाई महिनाकाे लाईन पनि लिने गरेकाे तस्करहरुले बताउँछन् ।

स्थानीयले प्रशासनलाई खबर गर्दा कुनै एक्सन पनि नलिने स्थानीयवासीको गुनासो रहेकाे छ । सशस्त्र प्रहरी पाेष्ट गेरमाका ईन्चार्ज, रगरगंज सशस्त्र प्रहरी पाेष्टका ईन्चार्ज, हरपुर सशस्त्र प्रहरी पाेष्टका ईन्चार्जहरुकाे मिलाेमतमा तस्करी भईरहेकाे छ ।






















