दरबारमार्गबाट श्रोत नखुलेको ६९ लाख ५० हजार नगदसहित एक जना पक्राउ

जगत ठाडा मगर
२०७८ मंसिर १९ | मध्यान्ह ०९:०८ बजे

काठमाडौं । श्रोत नखुलेको ६९ लाख ५० हजार नगदसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नं.१ स्थित दरबारमार्ग क्षेत्रमा रुपियाँ लुकाई राखेको विशेष सूचनाको आधारमा बिइङ ह्युमनका म्यानेजर हिरोसी खनाललाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त दरवारमार्गले काठमाडौं र महानगरीय प्रहरी परिसर, काठमाडौंको संयुक्तरुपमा विशेष टोली परिचालन गरी १७ गते काठमाडौं महानगरपालिका१ दरवारमार्गस्थित बिइङ ह्युमन कपडा पसलमा गई चेकजाँच गर्दा श्रोत नखुलेको रकम जम्मा रकम ६९ लाख ५० हजार फेला पारी सोधपुछ गर्दा श्रोत खुलाउन नसकेकाले म्यानेजर खनाललाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर काठमाडौं ल्याएको थियो ।
थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभाग, पुल्चोकमा पठाइएको उक्त परिसरले जनाएको छ ।






















