जाे कसैले गरेन त्यो म गर्छु, मधेसी जनताहरुलाई राेजगारमुखि बनाउछु : डाक्टर सिके राउत


महेश यादव
नवलपरासी / मंसिर २० । मधेसी जनताहरुकाे समस्या बुझ्न र मधेसकाे पवित्र माटाेलाई संकलन गरि आफु स्वम भु परिक्षक विज्ञहरु संग परिक्षण गराउन तथा आवश्यक प्रविधिक र जनशक्तिकाे परिपुर्ति गराई मधेसकाे उर्वर भुमिमा प्राविधिक युक्त खेतिकाे विकास र युवाहरुकाे समस्या समाधान गरि युवाहरुलाई राेजगारमुखि बनाउनका लागि डाक्टर सिके राउत आफु स्वम जनमत माटि यात्रामा हिडेका छन् ।

विगतका वर्ष देखि मधेस र मधेसी जनताहरुकाे हकअधिकार दिलाउने नाममा लुटतन्त्र गर्दै आईरहेका विभिन्न राजनीतिक दलहरुले गर्न नसकेकाे काम अब जनमत पार्टीले गर्ने भन्दै दाबा समेत गरेका छन । मधेसी जनताहरुले वर्षाैदेखि खेप्नु परेको पिडा र समस्यालाई आफु स्वम बुझेर मधेस र मधेसी जनता साथै दश लाख युवाहरुलाई राेजगारमुखि बनाउने लक्ष्यका साथ जनमत माटि यात्रामा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डाक्टर चन्द्रकान्त राउत आफु स्वम मधेसकाे हरेक गाउँपालिकामा पुगि माटाे संकलन गरिरहेको केन्द्रीय सदस्य बालगाेविन्द चाैधरीले बताउनुभएको हाे।

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी स्थित मायादेबी मन्दिरबाट माटो संकलन गरेपछि डा.राउत भाेलिदेखि पश्चिम नवलपरासीमा जनमत माटि यात्रामा आउने जनमत पार्टी नवलपरासी कि उपाध्यक्ष शारदा चाैधरीले बताउनुभयाे । पश्चिम नवलपरासीको पवित्र स्थलमा जनमत माटि यात्राका लागि रामग्राम नगरपालिका ,पाल्हिनन्दन गाउँपालिकामा सुनवल नगरपालिका ,सरावल गाउँपालिका,बर्दघाट नगरपालिका ,प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिकामा माटो संकलन गरेर मधेस एकता उडान निमार्ण गर्ने लक्ष्य रहेको केन्द्रीय सदस्य बालगाेविन्द चाैधरीले बताए ।






















