नवनिर्वाचित राप्रपा अध्यक्ष लिङ्देनलाई विमलेन्द्र निधिले दिए शुभकामना

जगत ठाडा मगर
२०७८ मंसिर १९ | मध्यान्ह ०५:०८ बजे

काठमाडौं । नेपाली कांंग्रेसका उपसभापति विमलेन्द्र निधिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा विजयी भएका राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिएका छन् ।
उपसभापति निधिले आज विज्ञप्तिमार्फत राप्रपाको यस महाधिवेशनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यप्रणाली र त्यस प्रणालीमार्फत जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनमा लिङ्देन नेतृत्वको राप्रपाले सहयोग पुर्याउने विश्वासका साथ सफल कार्यकालको कामना गरेका हुन् । रासस






















