देश

बाग्लुङमा एक महिला मृत अबस्थामा फेला

जगत ठाडा मगर
२०७८ मंसिर १९ | मध्यान्ह ०२:०८ बजे

बाग्लुङ । बाग्लुङ ढोरपाटन नगरपालिका-२ टारीखेतस्थित बाँसको झ्याङमा हाल नाम, थर र वतन नखुलेकी करिब ५५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । त्यसैगरी, मकवानपुर हेटौंडा उपमहानगरपालिका-९ खाद्यसंस्थान टोल बस्ने ३० वर्षीय लक्की शर्मा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगगरी मकवानपुर, थाहा नगरपालिका-३ डाँडागाउँ बस्ने ५५ वर्षीया राधिका परियार आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छन् । काभ्रे, बेथानचोक गाउँपालिका-३ बस्ने ५१ वर्षीय चन्द्र कुमार तामाङ सोही ठाउँस्थित गोरखनाथ सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

उक्त वनमा पत्कर/सेउला सोर्न गएकोमा बेलुकासम्म घर नआएपछि खोजी गर्ने क्रममा सोही ठाउँस्थित भीरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।

कमेन्टहरु