देश

कांग्रेस महाधिवेशन : लुम्बिनी प्रदेशमा अमरहिंह पुनको अग्रता

जगत ठाडा मगर
२०७८ मंसिर १९ | मध्यान्ह ०२:०८ बजे

बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमरसिहं पुनले अग्रता लिएका छन्। २६५ मत गणना गर्दा पुनले १५७ मत प्राप्त गरेका निर्वाचन समितीका सदस्य जीवनारायण अधिकारीले जानकारी दिए।

सभापतिका अर्का प्रत्यासी भरतकुमार शाहले १०७ मत प्राप्त गरेका छन भने एक मत बदर भएको छ । पुन रामचन्द्र पौडेल समूहका हुन् भने शाह शेरबहादुर देउवा समूहका हुन्। यस्तै, उपसभापति अष्टभुज पाठकले १५० मत ल्याएका छन्। उपसभापति पदका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले १५०, राजु खनालले १०९, सुधाकर पाण्डेले ८० मद प्राप्त गरेका छन् ।

महामन्त्रीमा खिमानसिंह रायमाझी ८१, जन्मजय तिमल्तिना ९२, बिक्रम खनाल १६३, सुरेन्द्रराज आचार्यले १५६ मत पाएका छन् । शनिवार मतदान सकिए पनि आईतबार विहानबाट मत गणना सुरु गरिएको हो ।

२६५ मत गन्दा सहमहामन्त्री (महिला) निमा गिरी–१४३ र सरिता चौधरी–९७, सहमहामन्त्री (खुला) खगराज पाण्डे –१४१, माया पुन–१०५, लक्ष्मीनारायण शाह–९१, विष्णुप्रसाद खनाल मुस्कान–१६३ मत प्राप्त गरेका छन् ।

कमेन्टहरु