कञ्चनपुरमा आगलागी हुदा ४ लाखको क्षति

जगत ठाडा मगर
२०७८ मंसिर १९ | बिहान १०:०८ बजे

धनगढी । कञ्चनपुरको एक पसलमा आगलागी भएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका -२ चवन्नी बजारका मनोज घिमिरेको वर्षा सुनचाँदी पसलमा आगलागी भएको प्रहरीले बताएको छ।
शनिबार ग्याँस सिलिण्डरबाट आगलागी हुँदा पसलका विभिन्न सामान जलेर करिब ४ लाख रुपैयाँ बराबरको क्षती भएको छ।
आगलागी हुदा प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।






















