स्थानिय जनगणना कार्यालय गरुडाद्वारा प्रमाण पत्र वितरण

जगत ठाडा मगर
२०७८ मंसिर १९ | बिहान १०:०८ बजे

सिताराम साह
रौतहट । स्थानिय जनगणना कार्यालय गरुडाले प्रमाण पत्र वितरण गरिएको छ । राष्ट्रिय जनगणना कार्यालय गरुडा अन्तर्गत रहेका तीन पालिकामा राष्ट्रिय जनगणना २०७८ का सबै कार्य सम्पन्न भएको छ ।
जिल्ला जनगणना कार्यालय र राष्ट्रिय जनगणना कार्यालय गरुडाले प्रमाण पत्र बितरण गरिएको हो । कार्यक्रममा गरुडा नगरपालिकाको नगर प्रमुख ईनु राय र ईलाका प्रशासन कार्यालय गरुडाको DS श्रीराम भण्डारी लगायतको उपस्थित रहेको थियो।
स्थानिय जनगणना कार्यालय गरुडामा पर्ने गरुडा नगरपालिका, गदीमाई नगरपालिका र माधवनारायण नगरपालिकामा ११८ जना गणक र सुपरिवेक्षक ३० जना रहेको ईलाका प्रशासन कार्यालय गरुडाको DS श्रीराम भण्डारीले जानकारी गराएको छ ।






















