राप्रपाको उपाध्यक्षमा सर्वाधिक मतका साथ विक्रम पाण्डे विजयी

जगत ठाडा मगर
२०७८ मंसिर १९ | बिहान ०८:०८ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन् ।
पार्टीको खुल्ला उपाध्यक्षमा उम्मेदवारी दिएका पाण्डेले २५२१ मत ल्याएर निर्वाचित भएका हुन् । उनी कमल थापा र राजेन्द्र लिङ्देन दुवै प्यानलमा समेटिएका थिए । पार्टीको अध्यक्षमा कमल थापा हारे पनि पदाधिकारीमा भने थापापक्षका अधिकांश उम्मेदवार विजयी भएका छन् ।
थापा प्यानलबाटै उपाध्यक्षमा उठेका बुद्धिमान तामाङले १९४४, ध्रुवबहादुर तामाङले १८१४ र रोशन कार्कीले (महिलातर्फ) १६८९ मत ल्याएर विजयी भएका छन् ।






















