राप्रपा महामन्त्रीमा रेखा थापा हारिन्, कुन्ती शाही विजयी

जगत ठाडा मगर
२०७८ मंसिर १९ | बिहान ०७:०८ बजे

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फबाट कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । नायिकासमेत रहेकी रेखा थापालाई पराजित गरी शाही महामन्त्रीमा निर्वाचित भएकी हुन् ।
आइतबार आएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याएर विजयी भएकी हुन् भने थापाले १६४० मत मात्र प्राप्त गरेकी थिइन् । शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने थापा राजेन्द्र लिङ्देन को समूहबाट लडेकी थिइन् ।
अध्यक्षमा लिङ्देन विजयी भए पनि महामन्त्रीमा थापा पराजित भएकी छन् ।






















