राप्रपा अध्यक्षमा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी

जगत ठाडा मगर
२०७८ मंसिर १९ | बिहान ०७:०८ बजे

काठमाडौं । राप्रपाको अध्यक्षमा कमल थापालाई पराजित गर्दै युवा नेता राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै उनका प्रतिद्वन्द्वी थापाले १६१७ मत ल्याएर पराजित भएका हुन् । मतगणनामा ४३१ मत बदर भएको थियो ।
लिङ्देनले मतगणनामा सुरुदेखि नै अग्रता लिएका थिए । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने आज रातभर मतगणना भएको थियो ।






















