देश

कर्णाली कांग्रेस सभापतिमा देउवा समूहका शाही विजयी

जगत ठाडा मगर
२०७८ मंसिर १९ | बिहान ०६:०८ बजे

सुर्खेत । नेपाली कांग्रेस प्रदेश कार्यसमितिको लागि भएको निर्वाचनको मत परिणाम आउन सुरु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षले कर्णालीबाट विजयी सुरुवात गरेका छ । कर्णालीमा देउवा समूहका ललितजंग शाही विजयी भएका छन् ।

शनिबार भएको निर्वाचनबाट शाही ४२२ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् । संस्थापनइतर समूहका भूपेन्द्रजंग शाहीले ३१७ मत ल्याएका छन् ।

यस्तै निधि समूहबाट सभापतिका उम्मेदवार बनेका मोतीराज बमले ७ मत मात्र ल्याए । जम्मा ७५४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

कमेन्टहरु