देश

राष्ट्रपति भण्डारी आज लुम्बिनी आउँदै

जगत ठाडा मगर
२०७८ मंसिर १६ | बिहान १०:०८ बजे

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार (आज) लुम्बिनी आउदै छन् ।

लुम्बिनी बौद्ध विश्व विद्यालयमा आयोजित त्रियान प्रज्ञा सम्मेलन समारोह र विश्व विद्यालयको पुस्तकालय भवन उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपति लुम्बिनी आउन लागेकी हुन् ।

राष्ट्रपति आज दिउँसो १ बजे सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको विश्व विद्यालयका उपकूलपति हृदयरत्न बज्राचार्यले जानकारी दिए । त्यसअघि राष्ट्रपति भण्डारीले आजै कपिलवस्तुको बाणगंगास्थित कैलाश आश्रमको निरीक्षण गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

कमेन्टहरु