चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

रासस

सारांश
चितवन। भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना विभिन्न दीर्घ तथा जटिल रोगबाट पीडित छन्। कारागार कार्यालयका अनुसार ६९ जना उच्च रक्तचाप, मधुमेह, क्षयरोग, मानसिक रोग, क्यान्सर, एचआइभी/एड्सलगायत रोगका बिरामी हुन्।
कारागारमा क्यान्सरका कारण बर्सेनि बन्दीको मृत्यु हुने गरेको छ। भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि विभिन्न कारागारबाट क्यान्सरका बिरामी बन्दीलाई रिफर गरिने भएकाले अन्तिम चरणका बिरामीको मृत्यु हुने गरेको कार्यालयले जनाएको छ। कारागार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा क्यान्सरका कारण एक जना बन्दीको मृत्यु भएको कारागार कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले जानकारी दिए।
आर्थिक वर्ष २०८२/८३ मा एक जना र आर्थिक वर्ष २०८१/८२ मा एक जना बन्दीको क्यान्सरका कारण मृत्यु भएको थियो। सूचना अधिकारी ढुङ्गानाका अनुसार हाल कारागारमा क्यान्सरका तीन जना बिरामी छन् । तीमध्ये दुई कारागारभित्र र एक जना अस्पतालमा उपचाररत छन्।
कारागारमा रहेका दीर्घ तथा जटिल रोगीमध्ये उच्च रक्तचाप र मधुमेहका बिरामी सबैभन्दा बढी रहेका सूचना अधिकारी ढुङ्गानाले जानकारी दिए। तथ्याङ्कअनुसार ४२ जनामा उच्च रक्तचाप र २२ जना मधुमेहबाट पीडित छन्।
सूचना अधिकारी ढुङ्गानाका अनुसार हाल क्यान्सरका एक र अन्य रोगका एक गरी दुई जना बन्दी अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन्। उनले कारागारभित्र रहेका बिरामी बन्दीको दैनिक स्वास्थ्य परीक्षण तथा आवश्यक औषधोपचार स्वास्थ्यकर्मीले गर्ने गरेको बताए।
एचआईभी सङ्क्रमित पाँच जना बन्दीले नियमित रूपमा एआरटी औषधि सेवन गरिरहेका छन्। हाल जिल्ला कारागार कार्यालय चितवनमा ७१७ पुरुष, ४२ महिला र दुई जना आश्रित नाबालक रहेका छन्।

दुर्गम नागरिकहरुको उपचार सहारा बन्यो बुढिनन्दा

दोश्रो नेपाल गितार महोत्सवमा अषेश डंगाेलकाे काठमाडाैं भाइब गुन्जिइयाे (भिडियाेसहित)

युवा नेता विजय यादव आजपाको केन्द्रीय सचिवमा नियुक्त

नवलपरासीमा तस्करीका नाईके मानिने महेन्द्र चौधरीका लाखौको अबैध कपडा नियन्त्रणमा

मोदीको २५ वर्षे सार्वजनिक जीवन: भन्छन्, ‘जनताको विश्वास नै मेरो शक्ति’
अरुपनि पढ्नुहोस
सबै
गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

नरेन्द्र मोदी सरकार प्रमुख बनेको २५ वर्ष : मन्त्रिपरिषद्द्वारा बधाई प्रस्ताव पारित















