कपिलवस्तुकाे गौतमबुद्ध साझेदारी बन उपभोक्ता समूहको ११औँ साधारण सभा सम्पन्न
धर्मेन्द्र कुमार कुर्मी

सारांश
कपिलवस्तु । साेमबार गाउँपालिकाकाे सभाहल खडैचामा साझेदारी बनकाे साधारण सभा भव्य रुपमा भएको हाे । सभामा बन संरक्षण, वृक्षारोपण, बन पैदावार तथा जलवायु परिवर्तनका कारण देखिएका चुनौतीबारे सरोकारवालाले चर्चा गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री जानकी प्रसाद यादवले साझेदारी तथा सामुदायिक बनले बिरुवा वितरण गर्दै आएकाले बन संरक्षणमा महत्वपूर्ण टेवा पुगेको बताए । उनले बन संरक्षणका लागि सबै पक्षको सहयोग र सहभागिता आवश्यक रहेको उल्लेख गर्दै संघ र प्रदेश सरकारबाीच कानुन बाझिएको हुँदा काम गर्न कठिनाई भएको बताए ।
यस्तै विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले स्थानीय समुदायसँग समन्वय गर्दै बन संरक्षणका गतिविधि अघि बढाइरहेको बताए । उनले बन संरक्षण, बन पैदावारको व्यवस्थापन तथा वृक्षारोपणलाई मुख्य जिम्मेवारीका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
जलवायु परिवर्तनका कारण देखिएका समस्या न्यूनीकरणका लागि सरोकारवाला सबैले संरक्षण अभियानलाई प्रभावकारी बनाउनुपर्ने अध्यक्ष थापाको भनाई छ । खाली जग्गामा वृक्षारोपण गर्ने तथा घर-घर र व्यक्ति-व्यक्तिबाटै वृक्षारोपणको अभियान सञ्चालन गर्न आवश्यक रहेको उनले बताए ।
यसैगरी कपिलवस्तु साझेदारी बन उपभोक्ता समूहका अध्यक्ष गंगेशनाथ तिवारीले बन संरक्षणसँगै हरित क्रान्तिको अभियानमा समूह अघि बढिरहेको बताए । उनले खडा रुखको लिलाम प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरे ।
कपिलवस्तुका डिभिजनल बन अधिकृत गणेश बहादुर खड्काले साझेदारी बनलाई तीनै तहका सरकार र सरोकारवालाबीचको उत्कृष्ट अभ्यासका रूपमा लिन सकिने बताए । साझेदारी बनले जैविक विविधता संरक्षण, वातावरणीय सन्तुलन कायम, जलाधार संरक्षण तथा बन पैदावार उत्पादनसँगै स्थानीय समुदायलाई लाभ पुर्याउने काम गर्दै आएको उनले उल्लेख गरे ।
कार्यक्रममा विजयनगर गाउँपालिका-७ का वडा अध्यक्ष दिनेश कुमार चौधरी तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव शनिउल्ला धोबीले पनि सम्बोधन गरेका थिए ।
साझेदारी बन उपभोक्ता समूहका अध्यक्ष प्रवेज आलम खानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सिमा अर्यालले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने सदस्य अकबर हुसेनले स्वागत मन्तव्य राखेका थिए ।


यस्ता छन् बुधबार बसेको मन्त्रिपरिषद्का ६ निर्णय

दुर्गम नागरिकहरुको उपचार सहारा बन्यो बुढिनन्दा

दोश्रो नेपाल गितार महोत्सवमा अषेश डंगाेलकाे काठमाडाैं भाइब गुन्जिइयाे (भिडियाेसहित)

युवा नेता विजय यादव आजपाको केन्द्रीय सचिवमा नियुक्त

नवलपरासीमा तस्करीका नाईके मानिने महेन्द्र चौधरीका लाखौको अबैध कपडा नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै
मोदीको २५ वर्षे सार्वजनिक जीवन: भन्छन्, ‘जनताको विश्वास नै मेरो शक्ति’

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान















