गाजामा इजरायली सेनाको कारबाही, नोभा महोत्सव अपहरणमा संलग्न व्यक्ति मारिएको दाबी

एजेन्सी

सारांश
गाजा । इजरायली सेनाले सन् २०२३ अक्टोबर ७ मा हमासको घातक आक्रमणका क्रममा संगीत महोत्सवबाट दुई जनालाई अपहरण गरेको दृश्यमा देखिएका एक प्यालेस्टिनी लडाकू मारिएको दाबी गरेको छ ।
आक्रमणपछि व्यापक रूपमा सार्वजनिक भएको भिडियोमा नोआ अर्गामानी र अविनातान ओरलाई नोभा संगीत महोत्सवबाट लडाकूहरूले अपहरण गर्दै गरेको देखिएको थियो ।
सेनाका अनुसार अर्गामानी र ओरलाई अपहरण गर्न प्रयोग गरिएको मोटरसाइकल साकरले चलाएका थिए ।
अर्गामानीलाई सन् २०२४ जुनमा मध्य गाजापट्टीमा गरिएको इजरायली सैन्य कारबाहीका क्रममा उद्धार गरिएको थियो । ओर भने युद्धविरामसम्बन्धी सम्झौताअन्तर्गत गत अक्टोबरमा हमासको नियन्त्रणबाट मुक्त भएका थिए ।
इजरायलले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ अक्टोबर ७ मा हमास र उसका सहयोगी समूहहरूले नोभा संगीत महोत्सवमा कम्तीमा ३७० जनाको ज्यान लिएका थिए भने ४४ जनालाई बन्धक बनाएका थिए ।

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस, फेरि मिचियो वरियता

जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद्मा बहुवर्षीय बजेटको माग

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे नवनिर्मित विद्यालय भवनको उद्घाटन

पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा दिए उम्मेदवारी
अरुपनि पढ्नुहोस
सबै
काठमाडौंसहित यी पाँच प्रदेशमा असिनापानी र हावाहुरी

विश्वप्रकाश शर्माले वारिसमार्फत दर्ता गराए वरिष्ठ उपसभापतिमा उम्मेदवारी

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी















