देश

त्रिभुवन विमानस्थल क्षेत्रबाट चितुवाको छालासहित ३ जना पक्राउ

जगत ठाडा मगर
२०७८ मंसिर १५ | मध्यान्ह ०५:०८ बजे

काठमाडौं । काठमाडौको त्रिभुवन विमानस्थल क्षेत्रबाट चितुवाको छालासहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाककोट शिवपुरी गाउँपालिका-२ स्थायी घर भएका विशाल तामाङ र विनोद तामाङ तथा राप्ती नगरपालिका-१ चितवनका कामी सिंह स्याङ्तन रहेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।

विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले मंगलबार उनीहरूलाई विमानस्थल नजिकै रहेको एयरपोर्ट सेकुवा कर्नरबाट एकथान चितुवाको छलासहित पक्राउ गरेको हो । प्रहरीकाअनुसार उनीहरूको साथबाट २ फिट २ इन्च लम्बाइ र ७ इन्च चौडाइ भएको एक थान छाला बरामद गरिएको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला वन कार्यलय काठमाडौंमा बुझाइएको छ । अभियुक्तहरू काठमाडौंको गोकर्णश्वर-३ मा डेरा लिई अपराधिक कार्यमा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु