कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

जगत ठाडा मगर
२०७८ मंसिर १५ | मध्यान्ह ०३:०८ बजे

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले बुधबार विश्वासको मत प्राप्त गरेका हुन् ।
उपस्थित २२ जना प्रदेशसभा सदस्य मध्ये उनको पक्षमा २२ मत नै खसेको थियो भने हुन्न भन्ने पक्षका कोही देखिएन् । किनकी बुधबारको प्रदेशसभा बैठकम प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरु सहभागि थिएनन् ।
उनले नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र राप्रपाको समर्थनमा विश्वासको मत पाएका हुन् ।प्रदेशसभामा माओवादी केन्द्रका १२, काँग्रेसका ६, एकीकृत समाजवादीका २ र राप्रपाका एकजना सांसद छन् ।






















