राजनीति

प्रचण्डको भने – सीपीजी राप्रपाको अध्यक्ष बन्न लाग्नुभयो कि जस्तो लाग्यो, हो भने बधाई छ

जगत ठाडा मगर
२०७८ मंसिर १५ | मध्यान्ह ०२:०८ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राप्रपा र आफ्नो पार्टीको सिद्धान्त तथा विचार नमिल्ने भएपनि राष्ट्रिय भावना र स्वाधीनताप्रतिको निष्ठा एउटै रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रचण्डले आफू अघि बोलेका मालेका महासचिव सीपी मैनालीप्रती कटाक्षसमेत गरेका छन् ।

सीपी मैनालीले सम्बोधनका क्रममा गरेको राजा महेन्द्र एक मात्र राष्ट्रवादी नेता भएको भन्दै प्रशंसा गरेका थिए । उक्त प्रशंसालाई कटाक्ष गर्दै प्रचण्डले ‘सीपी मैनाली हिजो राजतन्त्र सिध्याउन लागिपरेको मान्छे आज राजाको जयजयकार गर्दै हिँडेको’ बताए । उनले मैनालीलाई राप्रपा अध्यक्ष बन्न खोजेको हो ? प्रश्न पनि गरे ।

“राजतन्त्र सिध्याउन ‘टाउको काट्ने’ हिजो सुरुवात उहाँले गर्नुभयो, अहिले राजा महान् भन्नुभयो,” उनले भने, “सीपीजी राप्रपा अध्यक्ष बन्न लाग्नुभयो कि जस्तो लाग्यो, त्यसो हो भने बधाई छ ।” सीपीले प्रचण्डलाई आन्दोलनको नाममा विदेशी शक्तिलाई स्वागत गरेको आरोप लगाएका थिए ।

कमेन्टहरु