राजनीति

नेकपा (माले)का महासचिव सीपी मैनालीले गरे राजा महेन्द्रको खुलेर प्रशंसा

जगत ठाडा मगर
२०७८ मंसिर १५ | मध्यान्ह ०२:०८ बजे

काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले राजा महेन्द्रको खुलेर प्रशंसा गरेका छन् ।

बुधबार काटमाडौंको भृकुटीमण्डपमा राप्रपा एकता महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना सन्देश दिँदै उनले राजा महेन्द्रजति राष्ट्रवादी नेता कोही पनि नभएको बताए । उनले ००७ सालको परिवर्तनदेखि नै नेपालमा विदेशी हस्तक्षेप बढेको दाबी गरेका छन् ।

मैनालीले ०४६ र ०६२/६३ को जनआन्दोलनको नाममा आएको व्यवस्थाको बुइ चढेर नेपालमा भारत हाबी भएको आरोपसमेत लगाए । अहिले देश विदेशीको इसारामा चलेको उनको भनाइ छ । “राजा महेन्द्रले पटक–पटक विपक्षमा नउभिएको भए नेपाल भारतसँग गाभिने थियो । जसलाई रोक्ने काम महेन्द्रले गरे र उनी राष्ट्रवादी हुन्,” नेता मैनालीले भने ।

अहिले पटक–पटक परिवर्तनको नाममा विदेशीहरूलाई गुहारिएको भन्दै उनले अब राष्ट्रवादीहरू एक ठाउँमा उभिनुको विकल्प नभएको बताए । उनले राप्रपा देशभक्तिको बाटोमा अघि बढेको पनि बताए ।

कमेन्टहरु