राजनीति

नेपाल राप्रपा महाधिवेशन उद्घाटन सत्रमा प्रचण्ड र माधव नेपाल सहभागी

जगत ठाडा मगर
२०७८ मंसिर १५ | मध्यान्ह ०२:०८ बजे

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन उद्घाटन सत्रमा सहभागी भएका छन् ।दाहालसँगै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि महाधिवेशनमा सहभागी भएका छन् ।

काठमाडौको भृकुटीमण्डपमा बुधबार सुरू भएको राप्रपाको महाधिवेशन सत्रमा उनीहरु अतिथिका रुपमा शुभकामना मन्तव्य दिन सहभागी भएका हुन् । साथै मालेका महासचिव सीपी मैनालीलगायत अन्य दलका नेताहरु पनि अतिथिका रुपमा सहभागी भएका छन् ।

प्रचण्ड यसअघि आफ्नो गृहजिल्ला चितवनमा भएको नेकपा एमालेको दसौँ महाधिवेशनमा सहभागी भएका थिएनन् । उनलाई निम्ता पठाइए पनि एमाले महाधिवेशनमा उनले प्रतिनिधि पठाएका थिए ।

कमेन्टहरु