लोहारपट्टीमा ३४ वर्षीया एक महिला शव फेला

जगत ठाडा मगर
२०७८ मंसिर १५ | मध्यान्ह ०१:०८ बजे

महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिकामा बस्दै आएकी एक महिलाको मंगलबार राति मृत शव फेला परेको छन् । उनलाई टाउकोमा गहिरो चोट लागेको अवस्थामा लोहारपट्टी बजारनजिकै फेला पारिएको हो ।
उनी स्थानीय सुरेन्द्र मण्डलकी ३४ वर्षीय श्रीमती रुबि मण्डल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मृतक रुबीका श्रीमान हाल रोजगारीको सिलसिलामा भारतको पन्जाबमा छन् ।
उनको कसैले हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । रुबीको शवलाई घटनास्थल मै राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय प्रमुख दिनेश आचार्यले जानकारी दिए ।






















