नेपाली कांग्रेस मोरङको सभापतिमा लिम्बू विजयी


काठमाडौं । नेपाली कांग्रेस मोरङको सभापतिमा डिग बहादुर लिम्बू विजयी भएका छन् । मंगलबार सभापति शेरबहादुर देउवा पक्षका उम्मेद्वार दिलीप गच्छदारलाई भारी मतान्तरले पराजित गर्दै लिम्बू दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
लिम्बूले एक हजार ९०६ मत प्राप्त गरेका हुन् । सभापति पदका लागि कुल तीन हजार २५६ मत खसेकोमा सभापति पदका प्रत्यासी लिम्बूले एक हजार ९०६ मत प्राप्त गरेका हुन् । भने अर्का प्रत्यासी दिलिप गच्छदारले एक हजार ४२५ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार २५ मत बदर भएको थियो ।
लिम्बूलाई कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालको समर्थन थियो । गच्छदार देउवा पक्षीय नेताहरुको साथ र समर्थनमा चुनावी मैदानमा थिए ।आइतबार भएको निर्वाचनमा तीनमध्ये कोही उमेदवारको बहुमत नआएपछि मंगलबार पुन: निर्वाचन भएको थियो । अन्य पदाधिकारीको मत गणना आज सुरु हुँदैछ ।






















