देश

राप्रपाको महाधिवेशन आजदेखि : अध्यक्षमा थापा र लिङ्देन भिड्दै

जगत ठाडा मगर
२०७८ मंसिर १५ | बिहान ०७:०८ बजे

काठमाडौ । राजासहित हिन्दु राष्ट्रको एजेन्डा बोक्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबारबाट काठमाडौँमा सुरु हुँदैछ ।

तीन राप्रपाबीच एकता भएपछि पार्टीको यो पहिलो महाधिवेशन हो । राप्रपा नेतृ कुन्ती शाहीले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएकी छिन् । महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

लिङ्देनलाई अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि समर्थन गर्दै आएका छन् । लिङ्देनको समर्थनमा लोहनीसँगै डा. धवलशमशेर राणा पनि रहेका छन् । अर्का अध्यक्ष पशुपति शमशेर राणाले भने आफू तटस्थ बस्ने बताउँदै सहमतिमा नेतृत्व चयनका लागि प्रयास गर्ने बताएका छन् । अध्यक्ष थापालाई नेताहरू दीपक बोहोरा, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्द, रोशन कार्की, उद्धव पौडेल, भुवन पाठकको साथ रहेको छ ।

महाधिवेशनमा झण्डै चार हजार चार सय प्रतिनिधि सहभागी हुने राप्रपाले जनाएको छ । महाधिवेशनले १४७ कार्य समिति चयन गर्नेछ । काठमाडौँको भृकुटीमण्डपमा सुरू हुने महाधिवेशन मंसिर १७ गतेसम्म सञ्चालन हुनेछ ।

कमेन्टहरु