लुम्बिनी प्रदेश

पश्चिम नवलपरासीको परासीमा अभिनय कार्यशाला तथा कचहरी नाटक आज समापन ।।

नवलपुर टुडे
२०७८ मंसिर १४ | मध्यान्ह ०९:०८ बजे

सुरेश यादव ,नवलपरासी / मंसिर १४ ।

  • पश्चिम नवलपरासीको परासीमा पहिलाे पटक यहि कार्तिक २६ बाट सुरु गरिएकाे अभिनय कार्यशाला तथा कचहरी नाटक आज समापन गरिएकाे छ । द कन्टेन्ट नेपालकाे आयाजना तथा सरिता फाउन्डेसनकाे प्रस्ताेता एवम् रामग्राम नगरपालिकाकाे सहयोगमा कचहरी नाटक सुरु भएकाे थियाे ।IMG20211130161503

द कन्टेन्ट नेपालका फाउन्डर भुपेन चाैधरीकाे अध्यक्षता तथा नेपालका चर्चित कलाकार नवलपरासी निवासी प्रमाेद अग्रहरीकाे प्रमुख आतिथ्यतामा आज समापन भएकाे छ ।अभिनय कार्यशाला तथा कचहरी नाटक दुई साताकाे अवधिमा बर्दघाट नगरपालिका , रामग्राम नगरपालिका तथा पाल्हिनन्दन गाउँपालिकामा नाटक पनि प्रस्तुत गरिएको आयाेजक का अनिल कुर्मीले जानकारी दिनुभयाे ।

अभिनय कार्यशाला तथा कचहरी नाटकमा सहभागीलाई प्रमाण पत्र प्रदान गरिएको थियाे भने कार्यक्रममा कलाकार राज शर्मा , रामजी प्रजापति , मधेस मिडिया मिशन नेपाल नवलपरासी का अध्यक्ष सुरेश यादव लगाएतकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रम सञ्चालन पत्रकार महेश यादवले गर्नुभएकाे थियाे ।

कमेन्टहरु