परासीमा अभिनय कार्यशाला तथा कचहरी नाटक समापन


रामजी प्रजापति
नवलपरासी । पश्चिम नवलपरासीको परासीमा पहिलाे पटक यहि कार्तिक २६ बाट सुरु गरिएकाे अभिनय कार्यशाला तथा कचहरी नाटक आज समापन गरिएकाे छ । द कन्टेन्ट नेपालकाे आयोजना तथा सरिता फाउन्डेसनकाे प्रस्ताेता एवम् रामग्राम नगरपालिकाकाे सहयोगमा कचहरी नाटक सुरु भएकाे थियाे ।
द कन्टेन्ट नेपालका फाउन्डर भुपेन चाैधरीकाे अध्यक्षता तथा नेपालका चर्चित कलाकार नवलपरासी निवासी प्रमाेद अग्रहरीकाे प्रमुख आतिथ्यतामा आज समापन भएकाे हो ।
अभिनय कार्यशाला तथा कचहरी नाटक दुई साताकाे अवधिमा बर्दघाट नगरपालिका, रामग्राम नगरपालिका तथा पाल्हिनन्दन गाउँपालिकामा नाटक प्रस्तुत गरिएको आयाेजकका अनिल कुर्मीले जानकारी दिनुभयाे ।
अभिनय कार्यशाला तथा कचहरी नाटकमा सहभागीलाई प्रमाण पत्र प्रदान गरिएको थियाे भने कार्यक्रममा कलाकार राज शर्मा, रामजी प्रजापति, मधेस मिडिया मिशन नेपाल नवलपरासीका अध्यक्ष सुरेश यादव लगायतकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रम सञ्चालन नवलपुर टुडेका नवलपरासी संबाददाता महेश यादवले गर्नुभएकाे थियाे ।






















