एमाले सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पराजित

जगत ठाडा मगर
२०७८ मंसिर १४ | मध्यान्ह ०४:०८ बजे

चितवन । नेकपा एमालेमा केपी शर्मा ओली प्यानल नै निर्वाचित भएको छ । चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा ओली प्यानल नै विजयी भएको हो ।
ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका सबै पराजित भएका छन् । अध्यक्षमा ओलीसँग भीम रावल पराजित भएका छन् भने घनश्याम भुसाल पनि ६ जना उपाध्यक्षमा पर्न सकेनन् ।
यस्तै सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पनि पराजित भएका छन् ।
कसले कति मत पाए
योगेश भट्टराई- १९६४
पद्मा अर्याल- १८००
छबिलाल विश्वकर्मा-१८००
लेखराज भट्ट-१७०४
टोपबहादुर रायामाझी-१७००
रघुबीर महासेठ-१५१३
भीम प्रसाद आचार्य-१३००
टंकप्रसाद कार्की-५००






















