देश

उपाध्यक्षमा अष्टलक्ष्मीको सर्वाधिक मत, घनश्याम भुसाल पराजित

जगत ठाडा मगर
२०७८ मंसिर १४ | मध्यान्ह ०४:०८ बजे

चितवन । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत पाएर विजयी नजिक छन् ।

उनले हालसम्म १९७६ मत प्राप्त गरेकी छन् । यस्तै दोस्रोमा सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापा बादलले १७६८ मत पाएका छन् । घनश्याम भुसालले भने जम्मा ७२५ मत प्राप्त गरेका छन् ।

मत गणना गर्ने काम लगभग सकिएको छ । केही मत मात्र गन्न बाँकी रहेको स्रोतले जनाएको छ । यो सँगै ६ जना उपाध्यक्ष निर्वाचित हुँदा केपी ओलीको सर्वसम्मत सूचीविरूद्ध उम्मेद्वारी दिएका घनश्याम भुसाल पराजित भएका छन् ।

कमेन्टहरु