एमाले केन्द्रीय समितिको शपथ ग्रहण र पहिलो बैठक सौराहामै

जगत ठाडा मगर
२०७८ मंसिर १४ | मध्यान्ह ०२:०८ बजे

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक चितवनको सौराहामा नै बस्ने भएको छ ।
मंगलबार निर्वाचन समितिले अन्तिम मतपरिणाम दिएपछि नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक सौराहामा नै बस्ने निर्णय गरेको नेता विष्णु रिजालले जानकारी दिए । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार विहान ४ बजेदेखि मतदान भएको थियो ।
विद्युतीय भोटिङ मेसिनमार्फत भएको निर्वाचनको प्रारम्भिक मतपरिणाममा अध्यक्ष पदमा ओलीले ४०० मत र रावलले ४२ मत ल्याएका थिए । अध्यक्ष, उपाध्यक्ष, सचिव, खुलातर्फका केन्द्रीय सदस्य पदमा मतदान भएको छ ।






















