एमाले महाधिवेशनको प्रारम्भिक मत परिणाम : ओलीले ४०० मत ल्याए, रावलले ४२

जगत ठाडा मगर
२०७८ मंसिर १४ | मध्यान्ह ०२:०८ बजे

चितवन । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाम आउन थालेको छ ।
निर्वाचन आयोगका अनुसार अध्यक्षका उम्मेदवार ओलीले ४०० मत ल्याउँदा अर्का प्रतिस्पर्धी भीम रावलले ४२ मत मात्रै ल्याएका छन् । अहिले सौराहास्थित सेभेन स्टार होटलको एलिफेन्ट कन्फेरेन्स हलमा मतगणना भइरहेको छ ।
एमाले महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए । जसमा दुई हजार ९६ मत खसेको छ ।






















