देश

एमालेको मतदान सकियो – दुई हजार ८१ जनाले गरे मतदान

जगत ठाडा मगर
२०७८ मंसिर १४ | बिहान ११:०८ बजे

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सकिएको छ । बिहान ४ बजेबाट सुरु भएको मतदान केही समय अगाडि सकिएको हो ।

दुई हजार १५३ मतदाता रहेकोमा २ हजार ८१ मत खसेको केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले जानकारी दिए । निर्धारित समयमा मतदान नसकिएपछि केही समय थप गरिएको थियो । विद्युतीय मेसिनबाट इलेक्ट्रोनिक भोटिङको ब्यबस्था गरिएको थियो । एक पटकमा ६९ जनाले मतदान गर्न सकिने व्यवस्था मिलाइएको थियो ।

मतदानका गर्न एक जनालाई १० देखि १५ मिनेटसम्म लागेको थियो । केहीलाई भने २० मिनेटसम्म लागेको केन्द्रीय निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बाले जानकारी दिए । डा. सुब्बाका अनुसार मतगणना सुरु गरेको करिब बढीमा तीन घण्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने छ ।

अब प्राविधिकसँग छलफल गरेर मत गणना सुरु गरिने सदस्य दाहालले बताए ।

कमेन्टहरु