देश

नेपाली कांग्रेस भक्तपुर सभापतिमा देउवा निकट थापा निर्वाचित

जगत ठाडा मगर
२०७८ मंसिर १४ | बिहान ०८:०८ बजे

काठमाडौ । नेपाली कांग्रेस भक्तपुर सभापतिमा दुर्लभ थापा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको निर्वाचनमा भक्तपुर सभापतिमा दुर्लभ थापा निर्वाचित भएका हुन् ।

थापा पाँच सय ५५ मतसहित निर्वाचित भएका हुन् । भने सभापतिका अर्का उम्मेदवार अष्टकुमार कवेले चार सय ४२ मत ल्याएका थिए । कवेले संस्थापनइतर समूहका हुन् । सभापति निर्वाचित थापा देउवा पक्षका हुन् । उनी यसअघि पनि भक्तपुरका सभापति थिए।

त्यसैगरी उपसभापतिमा विजेश अवाल र उमिर्ला वन, सचिवमा सुशील बस्नेत र राजेश खड्का, सहसचिव यादवप्रसाद अधिकारी र कृष्णमुरारी न्यौपाने निर्वाचित भएका छन् ।

कमेन्टहरु