राजनीति

ओली पक्षको कार्यकर्ताले भोट हाल्ने र नहाल्ने सूचीको पर्चा बाड्दै

जगत ठाडा मगर
२०७८ मंसिर १४ | बिहान ०७:०८ बजे

चितवन । एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा केपी ओली पक्षले आफू पक्षीय उम्मेदवारको सूची तयार गरेर प्रतिनिधिलाई वितरण गरिरहेका छन् । कसलाई भेट हाल्ने र कसलाई नहाल्ने भनी सूची तयार गरेर ओली पक्षका कार्यकर्ताले पर्चा वितरण गरेको हो ।

यसअघि एमालेले महाधिवेशन प्यानल नबनाउने घोषणा गरेको थियो । आफ्नो विपक्षी खेमामा रहेका भीम रावल र यसअघि ओलीले बन्दसत्र हलमा वाचन गरेका नाममा मात्र भोट हाल्ने गरी ओली पक्षले सूची महाधिवेशन प्रतिनिधिलाई वितरण गरेको हो । एमालेको नयाँ नेतृत्व उम्मेदवारीमा केपी ओली र भीम रावल रहेका छन् भने पदाधिकारीसहित केन्द्रीय कमिटी सदस्यको केही पदमा पनि निर्वाचन भइरहेको छ ।

अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान हुनेछ । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै ७ वटा पद रहेको सचीवमा ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् । ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्वमाओवादी पृष्ठभूमिका हुन् । सोही पदमा ओलीको प्रस्ताव सूचीमा नसमेटिएका नेता भीम आचार्य र टंक कार्कीले पनि उम्मेदवारी दिएका छन् ।

कमेन्टहरु