म्याग्दीमा बोलेरो जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ घाइते

जगत ठाडा मगर
२०७८ मंसिर १३ | मध्यान्ह ०९:०८ बजे

म्याग्दी । म्याग्दीमा बोलेरो जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । सदरमुकाम बेनीबाट रघुगंगा बेगखोलातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमा र एक जनाको अस्पताल लैजाँदै गर्दा बाटो मै मृत्यु भएको हो ।
बेनीबाट यात्रु लिएर गाउँतर्फ जाँदै गरेको ग १ ज ७२ ५२ नम्बरको जीप चिलाउने खर्कमा दुर्घटना हुँदा खिमनाथ शर्मा, गौमाया विक र खिमु पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय म्याग्दीले जनाएको छ । दुर्घटनामा जीपका चालक दुतबहादुर पुनसहित ५ जनालाइ बेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
जीप सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनामा चालक थापासहित ८ यात्रु सवार थिए । घाइतेमध्ये दुईजना गम्भीर रहेको प्रहरीले जनाएको छ ।






















