मुख्य समाचार

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका कृषि शाखामा ताला बन्दी

जगत ठाडा मगर
२०७८ मंसिर १३ | मध्यान्ह ०७:०८ बजे

सुरेश यादव
नवलपरासी । पश्चिम नवलपरासीकाे बर्दघाट नगरपालिकाको कृषि शाखामा वडा नम्बर १३ का किसान तथा स्थानीयले ताला लगाएका छन् ।

बर्दघाट १३ मा रहेको नवदुर्गा कृषक मुल समुहले मकै बिउका लागि लागत साझेदारीमा नगरमा बीउ माग गर्ने बिषयमा कृषि शाखा प्रमुख युवराज लम्सालले किसानलाई गालि गलौज र किसानहरुमाथि दुव्र्यवहार गरेकाले ताला लगाईएको सोही कृषक मुल समुहका सह सचिव बिनिराम पराजुलीले बताउनुभयाे ।

कृषि शाखा प्रमुख लम्सालले १३ नम्बर वडा कार्यालयमा गएर किसानहरुलाई पाच दिन सम्म कोठामा थुनेर आगो लगाउछु भनेर धम्कि दिने, कर्मचारी माथी पनि धाकधम्की सहित दुव्र्यवहार गरेकाले कृषि शाखा प्रमुख लम्साललाई नगरबाट हटाईनु पर्ने माग सहित किसानहरु आन्दोलनमा उत्रनु परेको बर्दघाट १३ का किसान नवदुर्गा कृषक मुल समितिका सचिव श्याम श्रेष्ठले बताउनुभयाे ।

लम्सालले दिएको अभिव्यक्तिले सबै किसानको मानमर्दन भएको र उनिमाथि कारबाही हुनु पर्ने र कृषि कार्यकालागि कृषि शाखा प्रमुखले किसानसग कुनै सहजीकरण नगरेको, कुहेको बीउ बितरण गरेको र पछि किसान सग खोसेर लगेकाले तत्काल प्रमुख लम्साललाई बर्दघाट नगरपालिकाको सेवाबाट हटाईनु पर्ने मागसहित समुहले उपप्रमुख मायादेवी पौडेललाई ज्ञापन पत्र बुझाएको छ।

हामीले साझेदारी रुपमा मकै खरिद गर्नका लागि किसान सग पैसा उठाएर आधा पैसा खातामा जम्मा गरेर कृषि शाखा प्रमुख सग कुरा गर्न जादा हाम्रो कुरा नसुनी उल्टै हामिमाथि ज्यान मार्ने धम्की सहित जाईलाग्नु भएछ “बर्दघाट १३ कै कृषक पिताम्बर पाण्डेले भन्नुभयाे ।

यस विषयमा कृषि शाखा प्रमुख लम्साल समक्ष बुझ्न पटक पटक फोन गर्दा उनको पोन उठ्न सकेन । बर्दघाट नगरपालिकाले बर्दघाट वडा नं १३ लाई मकै पकेट क्षेत्रको रुपमा घोषणा गरेको छ।

कमेन्टहरु