देश

झापामा बस दुर्घटना हुँदा एकको मृत्यु, २२ जना घाइते

जगत ठाडा मगर
२०७८ मंसिर १३ | बिहान ११:०८ बजे

झापा । झापाको कनकाई नगरपालिका-८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा कनकाई – ७ का १६ वर्षीय उत्सव पौडेलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते भएकामध्ये ११ जनाको विर्तामोडस्थित बिएण्डसी अस्पताल र १२ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु