देश

सर्लाहीमा कांग्रेसको वडा अधिवेशनमा झडप : निर्वाचन अधिकृतसहित ५ घाइते

जगत ठाडा मगर
२०७८ मंसिर १३ | मध्यान्ह ०५:०८ बजे

जनकपुरधाम । सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा दुई पक्षबीच झडप भएको छ । सोमबार दिउँसो संघीय निर्वाचन क्षेत्र नम्बर–४ को बलरा नगरपालिकामा झडप भएको हो ।

झडपमा बलरा नगरप–८ को वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झासहित पाँचजना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले वडा अधिवेशनका क्रममा मतदान अधिकृत झामाथि हातपात हुन थालेपछि रोक्ने क्रममा प्रहरीसँग झडप भएको जानकारी दिए ।

झडपमा मतदान अधिकृत झासहित तीन प्रहरी र एकजना सर्वसाधारण घाइते भएको उनले बताए । उनका अनुसार निर्वाचन अधिकृत झाको टाउकोमा चोट लागेको छ भने एकजना इन्स्पेक्टरको हात भाँचिएको छ ।

सर्लाहीको सोही क्षेत्रमा आइतबार साँझ पनि वडा अधिवेशनकै क्रममा प्रदेश २ का महिला बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पिएसओले हवाई फायर गरेका थिए ।

कमेन्टहरु