राजनीति

बारलाई प्रधानमन्त्रीको जवाफ – न्यायालयका विषयमा गठबन्धनमा छलफल गरेर प्रतिक्रिया दिन्छु

जगत ठाडा मगर
२०७८ मंसिर १० | मध्यान्ह ०१:०८ बजे

काठमाडौं । नेपाल बार एशोसिएशनका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबिच प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराविरुद्ध सर्वोच्चमा जारी आन्दोलनका विषयमा छलफल भएको छ ।

शुक्रबार बिहान बारको टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने १७ वटा कारण प्रस्तुत गरे पनि दलको मौनताले प्रधानन्यायाधीश निरङकुश बन्ने बाटोमा लागेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । जवाफमा प्रधानमन्त्री देउवाले यसबारे गठबन्धनसँग छलफल गरेर मात्रै प्रतिक्रिया दिने बताएका छन् ।

“प्रधानन्यायाधीशलाई के कारण हटाउनु आवश्यक छ भनेर हामीले कारणसहित प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गरार्यौं,” भेटपछि नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, “प्रधानमन्त्रीज्यूले त्यस विषयमा सत्ता गठबन्धनभित्र छलफल गरेर प्रतिक्रिया दिने भन्नुभएको छ ।”

अध्यक्ष श्रेष्ठले सत्ता गठबन्धनबाटै निर्णय गरेर प्रधानन्यायाधीशलाई हटाउन आवश्यक भएको भन्दै प्रधानमन्त्रीले यसबारे तयारी गर्नु उपयुक्त हुने बताए ।

कमेन्टहरु