प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे भाजपा नेता

जगत ठाडा मगर
२०७८ मंसिर १० | बिहान ११:०८ बजे

काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।
शुक्रबार बिहान नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका हर्षवर्द्धन र द्विवेदीले प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । भेटवार्तामा नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत पनि सहभागी थिए । भेटमा समसामयिक विषयमै कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भारतीय नेताहरू आजै एमालेको महाधिवेशनमा सहभागी हुन काठमाडौंबाट चितवन प्रस्थान गर्ने भएका छन् ।






















