महाधिवेशनमा सहभागीहरुलाई सडकमै खानाको व्यवस्था

जगत ठाडा मगर
२०७८ मंसिर १० | बिहान ११:०८ बजे

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुन आएका केही व्यक्तिहरूलाई सडकमै खानाको व्यवस्था गरिएको छ । महाधिवेशनस्थल नजिकको सडकमा खाना बनाएर खुवाउन लागिएको हो ।
एमाले नेता रघुवीर महासेठको निर्वाचन क्षेत्रअन्तर्गत क्षिरेश्वरनाथ नगरपालिकाबाट आएका व्यक्तिहरुका लागि एकै स्थानमा ९६४ जनालाई खाना बनाइँदै छ । यस्तै, अन्य विभिन्न पालिकाहरूबाट आएका सहभागीहरूका लागि पनि छुट्टाछुट्टै स्थानमा खाना बनाएर खुवाइँदै छ ।
चितवनको नारायणी नदी किनारमा आज मध्याह्न १२ बजे एमाले महाधिवेशनको उद्घाटन हुँदै छ । बन्दसत्र भने ११ र १२ गते सौराहामा हुँदै छ ।






















