सिरहामा भब्य रूपमा उद्योग दिवस मनाउँदै


महेश सिंह
सिरहा, १० मंसिर – उघोग दिवसको उपलक्ष्यमा घरेलु तथा साना उद्योग कार्यालय सिरहा लहानले भब्य रुपमा सातै उधोग दिवस मनाएका छन् । स्वदेशी उधम र उत्पादन, दिगो औधोगिक पुनरुत्थानमा जोड दिदै यस वर्षको उधोग दिवस मनाएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय सिरहा लहानका कार्यालय प्रमुख तथा उधोग अधिकृत दिपेन्द्र कुमार यादवको अध्यक्षतामा कार्यक्रम र उधोग बाणिज्य संघ लहानका अध्यक्ष अशोक लाल अमात्यको आतिथ्यमा कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा सुरुवातमा कार्यालयको प्रतिनिधि बैजनाथ झाले स्वागत मनतब्य राख्नु भएको थियो ।
बिशिस्ट अतिथिहरुमा खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरी राजबिराजका कार्यालय प्रमुख सुरेश सिंह, रामदेव ठाँकुर, गृल तथा स्टर व्यवसायीका जिल्ला अध्यक्ष सुनिल गुप्ता रहनु भएको थियो ।
त्यसैगरी अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहा साखाको सभापति मनोज बनैता यादव, ईलाका प्रहरी कार्यालय लहानका इन्चार्ज डा.तपन कुमार दाहाल, सशस्त्र प्रहरी कार्यालय लहानका इन्चार्ज सुशील श्रेष्ठ, नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह, रेडियो नेपालका सिरहा संवाददाता संजय बिश्वक्रर्मा, HTP खबरका सिरहा सम्बादाता प्रदीप सिंह, जसपा नेपालकी नेतृ तथा लहान नगरपालिकाका उपमेयर प्रत्यासी रिता साह रहनु भएको थियो ।
प्रमुख अतिथि अशोक लाल अमात्यले ठाँउ पहिचान गरेर उघोगलाई प्रमोट गरेर फिनासिएल स्पोर्ट्स गर्न जरुरी रहेको बताउनु भयो । उहाले नियम कानुन बनाउने जनप्रतिनिधिहरुसँग सम्झौता गरेर उघोगीहरुलाई अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो ।साथै यसबाट धेरै उधोगीहरुको बिकास भएको पनि चर्चा गरेका थियो ।
त्यस्तै महासंघका अध्यक्ष मनोज बनैताले यहाँबाट दर्ता भएका फर्महरु संचालनमा छ की छैन भनी अनुगमन गर्न आग्रह गरेका थिए । हालसम्म पनि कृषि उधमीहरुलाई पहुँच नभएको अवस्था देखिन्छ । नेतृ रिता साहका अनुसार उधोग लिएर नै व्यापारमा कहिलेकाहीं कमिकमजोरीको कारणले गर्दा ब्यापारीहरु दुखी हुने गरेका छन् । उनले कर नबढाउन कार्यालयसँग आग्रह समेत गरेका थिए ।
विशिष्ट अतिथि राम देब ठाकुरका अनुसार आजको दिन नेपाल सरकारले उद्योग परिषद स्थापना गरेको थियो । त्यसैले हामी प्रत्येक बर्ष यो दिन उद्योग दिवसको रुपमा मनाउदै आएका छौँ । यो कुरा हरेक ब्यक्ती ब्यक्तीले बुझ्नुपर्ने उनले बताए । ठाकुरले नेपालमा ७५% घरेलु उघोग रहेको बताउदै हामी उघोगको महत्त्व नबुझेर पछाडि परेको बताए । युवा पुस्तालाई कसरी रोजगारमा ल्याउने भन्नबारे उनलेे जोड दिएका थिए ।
घरेलु तथा साना उद्योग कार्यालय सिरहा लहानका कार्यालय प्रमुख तथा उधोग अधिकृत दिपेन्द्र कुमार यादवका अनुसार नेपालमा जबसम्म वैदेशिक रोजगारी घट्दैन तबसम्म हामीले समृद्धिको परिकल्पना गर्न सकिदैन । प्रदेश २ मा सबैभन्दा बढी उधोग दर्ता भएको जिल्ला सिरहा रहेकोमा उनले गर्भ गरेका थिए ।
आरएमसि प्रोडक्टका संचालक कुसेश्वर महतोले बैंकहरुको सहकार्यले बिना उद्योगहरु सम्भव नरहेको बताएका थिए । उक्त कार्यक्रममा दर्जनौं उधोगीहरुलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । उघोग दिवसको उपलक्ष्यमा लहान – २० का अपाङ्ग तथा अशक्त लगन देब सदायलाई सम्मान गरेका अयोजकले जानकारी दिनु भयो ।






















