समाज

लुम्बिनी प्रदेश र ललितपुर जिल्लाका प्रहरी प्रमुख फेरिए

जगत ठाडा मगर
२०७८ मंसिर ५ | बिहान ०९:०८ बजे

काठमाडौं । लुम्बिनी प्रदेश र ललितपुर प्रहरी प्रमुखको सरुवा भएको छ ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी मुकुन्दराज आचार्य र ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यको सरुवा भएको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले पुष्टि गरे । बेला-बेला विवादमा मुछिने गरेका डीआईजी आचार्य लागूऔषध नियन्त्रण व्यूरोमा तानिएका छन् ।

प्रहरी प्रधान कार्यालयको प्रवन्ध निर्देशनालयमा रहेका प्रकाश अधिकारीलाई लुम्बिनी प्रदेशको प्रहरी प्रमुख बनाएर पठाइएको छ । प्रवन्ध निर्देशनालयको जिम्मा भने बसन्त लामालाई दिइएको छ ।

कमेन्टहरु