१२ वर्षिय निहाना श्रेष्ठले डब्लूसिएम टाइटल प्राप्त गरीन्, एफएम रुपेशले आईएमलाई पराजित गरे

राजु ताम्राकार

सारांश
समरकन्द, उज्बेकिस्तान । उज्बेकिस्तानमा जारी ४६औँ चेस ओलम्पियाड नवौँ चरण नेपालका युवा खेलाडी निहाना श्रेष्ठले ७ खेलबाट ३.५ अंक जोडेर डब्लूसिएम टाइटल प्राप्त गरेकी छिन्।
१२ वर्षीय निहाना श्रेष्ठले न्यूजिल्याण्डका डब्लूएफएम नादिया ब्रिगन्जा सँग बराबर र डोमिकन रिपब्लिकका बर्लाम्या नुनेज डायज, मादागास्करका मायराना इरिन्हा तथा लिनलिन हटेडलाई पराजित गर्दै डब्लूसिएम उपाधि हात पारिन्।
नेपाली पुरुष टोलीले उच्च एभरेज रेटिङ राष्ट्र लक्जेम्बर्गसँग २–२ अंकको बराबरी खेलेको छ।
बराबरी सँगै सशक्त टिम लब्जेम्बर विरुद्ध १ अंक खोस्न सफल भए। नेपाली पुरुष टिमले चार जीत एक बराबर खेल्दै ९ म्याच अंक जोडेर पदक प्राप्त गर्ने आशलाई बलियो बनाएको छ। नेपाल आफ्नो डि समूहमा तेश्रो स्थानमा छन्।
लक्जेम्बर्गविरुद्ध पहिलो बोर्डमा नेपालका युवा २०९३ रेटेड सिएम पुरुषोत्तम सिलवालले २२५४ रेटेड एफएम निकोलस बोर्गसँग बराबरी खेल्दै आधा अंक लिए।
दोश्रो बोर्डमा २१५१ रेटेड एफएम रुपेश जैसवालले २२३१ रेटेड आईएम फ्रेड बेरेन्डलाई पराजित गर्दै नेपाललाई महत्त्वपूर्ण एक अंक दिलाए।
२००८ रेटेड आशिष फुँयाल २२३० रेटेड एफएम फिलिप्पे लिन्स्टरसँग पराजित भए भने १९६७ रेटेड राजन सुबेदीले २११६ रेटेड मार्क मेर्टेन्ससँग बराबरी खेले।
महिला टोलीको जीत
महिला टोलीले नवौँ चरणमा म्यानमारसँग २.५–१.५ अंकले जित निकालेको छ। एन्जल महर्जन, निहाना श्रेष्ठ र सिन्दिरा जोशीले आ–आफ्नो खेलमा जित हासिल गरे भने कृतिसरा अधिकारीले बराबरी खेलिन्।
यस जितसँगै नेपाली महिला टोलीले नवौँ चरण पुग्दा ४ खेलमा जीत दर्ता गर्दै म्याच प्वाइन्ट ८ अंक जोडेको छ। नेपाली महिला टिमको खेलमा अनुभवको कमिका कारण निकै उतारचढाव देखिएको छ।
४६औँ चेस ओलम्पियाडमा कुल ११ चरण खेलाइँदैछ र प्रतियोगिता सेप्टेम्बर १६ देखि २७ सम्म समरकन्दमा सञ्चालन भइरहेको छ।
नवौं चरणको खेलमा पुरुष टिमले ट्रिनिडाट टोबाको सँग तथा महिला टिमले सुरिनाम राष्ट्रिय टिम सँग प्रतिस्पर्धा गरिरहेका छन्।

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस, फेरि मिचियो वरियता

जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद्मा बहुवर्षीय बजेटको माग

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे नवनिर्मित विद्यालय भवनको उद्घाटन

पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा दिए उम्मेदवारी
अरुपनि पढ्नुहोस
सबै
काठमाडौंसहित यी पाँच प्रदेशमा असिनापानी र हावाहुरी

विश्वप्रकाश शर्माले वारिसमार्फत दर्ता गराए वरिष्ठ उपसभापतिमा उम्मेदवारी

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी















