खरखरे भिरमा पहिरो, बेँसीसहर–चामे सडक अवरुद्ध

रासस
२०८३ अशोज ११ | बिहान १०:०६ बजे

लमजुङ । बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार पहिरो खसेको स्थानभन्दा करिब २०० मिटर उत्तरतर्फ सडक भासिएको छ ।






















